सकियो खगेन्द्र सुनारको थुनछेक बहस, आदेश आउन बाँकी

काभ्रेपलाञ्चोक, १३ कात्तिक । जिल्ला अदालत काभ्रेपलाञ्चोकमा उपस्थित भएका खगेन्द्र सुनारको बयान र थुनछेकको बहस सकिएको छ । तर, आदेश आउन बाँकी छ । अदालतको अवहेलना र अधिवक्तालाई अपशब्द बोलेको आरोपमा विद्युतीय कारोबारको आरोप लागेर पक्राउ गर्न पुर्जी जारी भएका सुनार बिहीबार बिहान काभ्रेपलाञ्चोक जिल्ला अदालतमा उपस्थित भएका थिए ।

सुनारको न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासमा बयान र थुनछेकको बहस भएको हो । अधिवक्ता मनीषा गौतमविरुद्ध अपशब्द प्रयोग गर्दै फेसबुक स्ट्याटस लेखेको, सामाजिक सञ्जालमा लाइभ बसेर गालीगलौज गरेको आरोपमा उनीमाथि साइबर ब्युरोमा उजुरी परेको थियो ।

प्रकाशित मिति: १४ कार्तिक २०८२, बिहिबार  १४ : ४३  बजे