झलनाथ खनालले मागे माधव नेपालको राजीनामा

काठमाडौं, १३ कात्तिक । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले अध्यक्ष माधवकुमार नेपालको राजीनामा माग गरेका छन् ।

जारी केन्द्रीय कमिटी बैठकमा आज उनले पतञ्जलि जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा लगाइएकाले नेपालले पद छाड्नुपर्ने माग गरेका हुन् ।

“माधव नेपाललाई अख्तियारले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा लगाएको छ । त्यो विशेष अदालत र अख्तियार हामीले नै बनाएका हौँ । उहाँले अध्यक्ष पदबाट राजीनामा दिनुपर्छ,” खनालले भने ।

प्रकाशित मिति: १४ कार्तिक २०८२, बिहिबार  १४ : १३  बजे