काठमाडौं, १३ कात्तिक । मौसम बदलीका कारण काठमाडौं आउने उडानमा समस्या भएको छ । देशका विभिन्न गन्तव्यबाट काठमाडौं आउने विमानहरूलाई समस्या भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिए ।
“पछिल्लो समयमा काठमाडौं त ओपन नै छ । अहिले भरतपुर, पोखरा क्लोज छ,” उनले भने, “भैरहवाबाट काठमाडौं उडेको श्री एयरको विमान उतै फर्किएको छ । यस्तै, दिल्लीबाट काठमाडौं आएको इन्डिगो पनि उतै दिल्ली फर्किएको छ ।”
प्रवक्ता शेर्पाका अनुसार, श्री एयरको विराटनगरबाट काठमाडौंका लागि उडेको विमान विराटनगर नै फर्किएको हो । नेपाल एयरलाइन्सको दोहाबाट काठमाडौं आउँदै गरेको विमानलाई दिल्लीतर्फ डाइभर्ट गरिएको छ ।








प्रतिक्रिया