काठमाडौंबाट धनगढी जाँदै गरेको बस दुर्घटना, १ जनाको मृत्यु, पाँच जना घाइते

काठमाडौं, १३ कात्तिक । कपिलवस्तुको  शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्व–पश्चिम राजमार्गमा बिहीबार बिहान सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।राति करिब २ बजे काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको बा।प्र।०१–००६ ख ८५ ०६ न. को बस अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको हो । सो क्रममा बसले एक पैदल यात्रीलाई ठक्कर दिएको र बसमा सवार यात्रुहरू घाइते भएका हुन् ।दुर्घटनामा परेका अन्दाजी ५०्५५ वर्षका पैदल यात्रीको घटनास्थलबाट चन्द्रौटा आधारभूत स्वास्थ्य सेवा अस्पतालमा उपचारका लागि लैजाँदा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको नाम ठेगाना खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।बसका घाइते यात्रुहरूलाई चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पतालमा उपचारका लागि पठाइएको छ । अवस्था सामान्य रहेको बताइएको छ ।दुर्घटनाबारे थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख सन्तोष घिमिरेले जानकारी दिनुभयो ।

प्रकाशित मिति: १४ कार्तिक २०८२, बिहिबार  ०७ : ३३  बजे