बैतडीमा जीप दुर्घटना, एकजनाको मृत्यु, चार घाइते

काठमाडौं, १३ कात्तिक । बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। शिवनाथबाट आइरहेको से १ ज ७३२ नम्बरको जीप मेलौली नगरपालिका(७ स्वाखानीमा गएराति दुर्घटना भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका मेलाली नगरपालिका २ की २३ वर्षीय तुलसी पाण्डेयको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बल्देव बडूले जानकारी दिनुभयो। घाइतेहरूलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १४ कार्तिक २०८२, बिहिबार  ०७ : २५  बजे