काठमाडौं, ११ कात्तिक । प्रधानमन्त्री सुशीला कार्कीले सरकार, राजनीतिक दल र जेनजी अगुवाहरुको त्रिपक्षीय बैठक आह्वान गर्नुभएको छ। प्रधानमन्त्री कार्कीले बुधबार राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरु र जेनजी अगुवालाई पहिलो पटक एकै ठाउँमा राखेर छलफल गर्न लाग्नुभएको हो। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार दिउँसो ४ बजे बैठक बोलाएको प्रधानमन्त्री कार्कीका प्रेस संयोजक राम रावलले बताउनुभयो। बैठकमा आगामी निर्वाचन सफल पार्ने र परिवर्तन संस्थागन गर्ने विषयमा छलफल हुने उहाँले बताउनुभएको हो ।
बैठकमा जेनजीका तर्फबाट ८–९ वटा समूहका अगुवालाई निम्तो गरिएको बुझिएको छ । राजनीतिक दलका तर्फबाट दोस्रो तहका नेताहरु सहभागी हुने भएको जनाइएको छ।
0
Shares








प्रतिक्रिया