काठमाडौं, ११ कात्तिक । सरकारले पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालका सुरक्षाकर्मी फिर्ता गराएको छ ।सरकारले पूर्वप्रधानमन्त्रीको हैसियतमा उहाँले पाउँदै आएका सुरक्षाकर्मी सबै फिर्ता गर्ने निर्णय गरेको हो ।पूर्वप्रधानमन्त्रीको हैसियतमा उहाँले १६ जना सशस्त्र प्रहरी र २ जना नेपाल प्रहरीको सुरक्षा प्राप्त गर्दै आउनुभएको थियो । यसअघि सरकारले पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको पनि सुरक्षाकर्मी फिर्ता गराएको थियो ।
0
Shares








प्रतिक्रिया