बिहार विधानसभा चुनावअघि जेडीयूद्वारा ११ नेता निष्कासित

बिहार । बिहार विधानसभा चुनावअघि जनता दल युनाइटेड (जेडीयू)ले ११ नेतालाई पार्टीबाट निकालेको छ । पार्टीले शनिबार राति सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै पार्टीले यसबारे जानकारी दिएको हो । पार्टीका अनुसार ती नेताहरूले विधानसभा चुनाव २०२५ मा पार्टी विरोधी काम गरिरहेका थिए । जेडीयूले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ’बिहार विधानसभा चुनाव २०२५ मा पार्टी विरोधी आचरण र गतिविधिमा संलग्नताका कारण निम्न सदस्यहरूलाई निलम्बन गर्दै पार्टीको साधारण सदस्यताबाट निष्कासन गरिएको छ।’

विज्ञप्तिअनुसार यो आदेश तत्काल लागू हुनेछ । निष्कासित हुने नेताहरूमा शैलेश कुमार, सञ्जय प्रसाद, श्याम बहादुर सिंह, रणविजय सिंह, सुदर्शन कुमार, अमर कुमार सिंह, आसमा परवीन, लब कुमार, आशा सुमन, दिव्यांशु भारद्वाज र विवेक शुक्ला रहेका छन् ।

प्रकाशित मिति: १० कार्तिक २०८२, आइतबार  १० : ४९  बजे