सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा ४ मन्त्री थपिँदै, आजै शपथ

काठमाडौं, ९ कात्तिक । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दैछिन् । उनले चार जना मन्त्री थप गरेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी हुन् ।

मन्त्रीहरुको शपथ पनि आजै हुने बालुवाटार स्रोतले जनाएको छ । उनीहरुको नाम राष्ट्रपति कार्यालय पठाइसकिएको स्रोतले जनाएको छ । नयाँ बन्ने मन्त्रीहरुमा सुधा गौतम, गणपतिलाल श्रेष्ठ, खगेन्द्र सुनार र बब्लु गुप्ता छन् ।

गौतमलाई स्वास्थ्य तथा जनसंख्या, श्रेष्ठलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन, सुनारलाई श्रम तथा रोजगार र गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिन लागिएको बताइएको छ ।

प्रकाशित मिति: १० कार्तिक २०८२, आइतबार  १० : २२  बजे