सिराहा । जिल्ला प्रहरी कार्यालय सिराहाले छठ पर्वलाई मध्यनजर गर्दै विशेष सुरक्षा सतर्कता अपनाएको छ । जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी प्रमुख एसपी अनन्त राम शर्माले जानकारी दिए ।
एसपी शर्माका अनुसार तराइको महत्त्वपूर्ण पर्वलाई लक्षितगरी विशेष सुरक्षा सतर्कता अपनाइएको छ । उनले सुरक्षा व्यवस्था चुस्त दुरुस्त राख्न जिल्ला प्रहरी कार्यालयबाट ६सय ५० जना नेपाल प्रहरी र तिन सय जना सशस्त्र खटाइएको सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ गण सिराहाका सशस्त्र प्रहरी नायव उपरीक्षक डीएसपी सुनिल गिरिले जनाएका छन् ।
प्रत्येक छठका घाटहरूमा प्रहरी परिचालन गरिने जनाएको छ । सिराहामा तीनसय ६४ स्थानमा छठका घाटहरू रहेकाले ती सबै ठाउँमा प्रहरी परिचालन गरिने जनाएको छ ।
चाड पर्वको वेला महिलामाथि दुर्व्यवहार र लुटपाटको घटना हुनसक्ने भन्दै व्यापक मात्रामा प्रहरी परिचालन गरिएको जनाएको छ । सबै घाटहरूमा सादा पोसाकका प्रहरी पनि पर्याप्त मात्रामा परिचालन गरिएको सिराहाका प्रहरी प्रमुख अनन्त राम शर्मा जनाएको छ ।








प्रतिक्रिया