काठमाडौं, ८ कातिक । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा टोखा नगरपालिका(१ सिमाचौर डेरा गरी बस्ने भारत मोतिहारी घर भएका २० वर्षीय राहुल कुमार ठाकुरलाई प्रहरीले पक्राउ गरेको हो ।
ठाकुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग टोखाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।








प्रतिक्रिया