युद्धविरामपछि पनि गाजामा भोकमरी कम हुन सकेन – डब्लुएचओ

काठमाडौं, ८ कातिक । हमास र इजरायलबीच गाजामा युद्धविराम भएपछि पनि भोकमरीको अवस्था कम हुन नसकेको विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ० ले जनाएको छ । युद्धविरामपछि गाजामा जाने सहायताको मात्रामा थोरै सुधार भएको तर भोकमरीको अवस्थामा खासै कमी नआएको डब्लुएचओले जनाएको हो । सङ्गठनका प्रमुख टेड्रोस अधानोम गेब्रेसियसले जेनेभामा पत्रकारसँग बोल्दै अवस्था अहिले पनि भयावह नै रहेको बताउनुभयो ।
अमेरिकाको मध्यस्थतामा इजरायल र हमासबीच गएको अक्टोबर १० तारिखदेखि युद्धविराम लागू भएको हो । युद्धविराम लागू भएको दुई हप्ता बितिसक्दा पनि गाजामा भोकमरीको अवस्थामा कुनै कमी नआउनुको मुख्य कारण त्यहाँ पर्याप्त खाना नरहेको गेब्रेसियसले बताउनुभयो ।
इजरायलले युद्धको क्रममा गाजापट्टीलाई दिने सहायता पटक–पटक बन्द गर्दा गम्भीर मानवीय अवस्थालाई अझ खराब बनाएको थियो । संयुक्त राष्ट्रसङ्घले प्यालेस्टाइनको केही भागमा भोकमरीको अवस्था रहेको जनाएको छ ।
सन् २०२५ को शुरूदेखि गाजामा कुपोषणको प्रभावबाट चार सय ११ जनाको ज्यान गएको र यसमध्ये एक सय ९ बालबालिका रहेका प्यालेस्टाइन क्षेत्रका लागि डब्ल्यूएचओका प्रतिनिधि रिचर्ड पिपरकोर्नले बताउनुभएको छ ।

प्रकाशित मिति: ९ कार्तिक २०८२, शनिबार  ०७ : ४५  बजे