दण्डहीनतालाई प्रश्रय दिन हुँदैन : देवेन्द्र दाहाल

झापा, ७ कात्तिक । नेकपा (एमाले)का नेता एवम् निवर्तमान भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले झापाका क्षतिग्रस्त कार्यालयहरुको अवलोकन गरेका छन् । गत भदौ २३ र २४ गते आगजनी र तोडफोड गरिएका कार्यालयहरुको उनले शुक्रबार अवलोकन गरेका हुन् । त्यस क्रममा नेता दाहाल आन्दोलनका नाममा सार्वजनिक तथा नीजि सम्पत्ति क्षति गरिनु निन्दनीय भएको बताए । आगजनी तथा तोडफोडमा संलग्नको खोजी गरी कानुनी दायरामा ल्याउनु पर्नेमा उनले जोड दिए ।

दोषीहरुलाई उन्मुक्ति दिएर दण्डहीनतालाई प्रश्रय दिन नहुने उनको भनाइ थियो । एमाले पोलिटब्यूरो सदस्य दाहालसहित एमाले केन्द्रीय सदस्य रोमनाथ ओली, प्रदेश सभा सदस्य होमबहादुर थापासहितको टोलीले आगजनी गरिएका इलाका प्रहरी कार्यालय, एमाले पार्टी कार्यालय, केन्द्रीय सदस्य ओलीको निवास, पार्टी अध्यक्ष केपी शर्मा ओलीको अस्थायी निवासको अवलोकन गरेको हो ।

प्रकाशित मिति: ८ कार्तिक २०८२, शुक्रबार  १८ : १८  बजे