काठमाडौं, ६ कातिक । भाइटीकाको दिन आज देशका धेरै ठाउँको मौसम सफा छ । तर पहाडी एकरदुई ठाउँमा हल्का वर्षा र उच्च हिमाली एकरदुई ठाउँमा हिमपातको सम्भावना छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र मधेश प्रदेशलगायत देशका बाँकी भागमा मौसम आंशिक बदली रहनेछ ।
देशभर उल्लेखनिय मौसमी प्रणालीको प्रभाव नरहेको तर पश्चिमी वायुको सामान्य प्रभावले बदली र छिटपुट वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
12
Shares








प्रतिक्रिया