काठमाडौं, ५ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रमाथि खडा गरिएको चुनौतीलाई सामना गर्न अपिल गर्नुभएको छ । बुधबार नेपाल संवत् ११४६ को अवसरमा शुभकामना सन्देशमार्फत उहाँले यस्तो बताउनुभएको हो । शुभकामना सन्देशमा उहाँले आफ्नो सांस्कति विविधता र मौलिकताको रक्षा गरेर राष्ट्रियतालाई बलियो बनाउनुपर्ने बताउनुभएको छ । ‘हाम्रो सांस्कृतिक विविधता र मौलिकताको रक्षा गरेर हामीले राष्ट्रिय एकतालाई बलियो बनाउनु पर्छ । राष्ट्रिय स्वाधीनता र राष्ट्रको हितमा एकताबद्ध नेपाली– हाम्रो शक्ति हो,’ उहाँले भन्नुभएको छ, ‘विविधतालाई भिन्नतामा होइन, सार्थक एकतामा बदलौं र सद्भावको सुगन्ध फैलाऔं । राष्ट्रमाथि खडा गरिएको चुनौतीलाई सामना गरौं ।’
9
Shares








प्रतिक्रिया