काठमाडौं, ५ कातिक । मौसमी प्रणालीमा केही परिवर्तन देखिएको छ । मनसुन प्रणाली बाहिरिएसँगै खासै कुनै पनि मौसम प्रणालीको प्रभाव नरहेकोमा आजबाट पश्चिमी वायुको आंशिक प्रभाव देखिन थालेको छ । हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।जल तथा मौसम विज्ञान विभागले दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने बताएको छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा तथा कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् हरिप्रसाद दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार राति सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
“कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा तथा कोसी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ,” मौसमविद् दाहालले भन्नुभयो । आजबाट पश्चिमी वायुको आंशिक प्रभाव देखिन थालेकाले मौसममा केही परिवर्तन देखिएको उहाँब्को भनाइ छ । पश्चिमी वायुको आंशिक प्रभावका कारण हिमपातको पनि सम्भावना रहेको उहाँले जानकारी दिनुभयो ।








प्रतिक्रिया