काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले १० दलका नेतासँग छलफल गर्दैछन् । केही बेरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हुने छलफलमा १० दलका नेतालाई बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । राष्ट्रिय मान्यताप्राप्त दलका अतिरिक्त निवर्तमान संसद्मा प्रतिनिधित्व गर्ने दलका नेतालाई छलफलका लागि बोलाइएको हो ।
छलफलमा नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता डा. प्रकाशशरण महत सहभागी हुँदैछन् । त्यस्तै नेकपा एमालेबाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली सहभागी हुनेछन् । प्रधनमन्त्रीको सचिवालयका अनुसार नेकपा माओवादी केन्द्रबाट पम्फा भुसाल र वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति डा. स्वर्णिम वाग्ले र सचिवालय सदस्य सोविता गौतम सहभागी हुनेछन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट महामन्त्री राजेन्द्र गुरुङ र प्रवक्ता मोहन श्रेष्ठ, जनता समाजवादी पार्टी नेपालबाट अध्यक्ष उपेन्द्र यादव र प्रकाश अधिकारी, लोकतान्त्रिक समाजवादी पार्टीबाट सर्वेन्द्रनाथ शुक्ल, नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरी तथा नेमकिपाबाट प्रेम सुवाल सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । त्यस्तै जनमत पार्टीबाट चन्दनकुमार सिंह सहभागी हुनेछन् । बैठकमा पर्यवेक्षकका लागि केदारभक्त माथेमा र विद्याधर मल्लिकलाई बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।








प्रतिक्रिया