प्रधानमन्त्रीलाई भेटेर जेनजी आन्दोलनका घाइतेले राखे ५ बुँदे माग

काठमाडौं, ४ कार्तिक । जेनजी आन्दोलनका घाइतेले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन् । आज प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्रीसँग भेटवार्ता गर्नुका साथै ५ बुँदे माग राखेका हुन् ।

घाइतेहरूले गोली प्रहार गर्नेलाई कारबाही, संविधानको सुधार, आन्दोलनको संरक्षण, भ्रष्टाचारको छानबिन लगायतका माग राखेका छन् । प्रधानमन्त्री कार्कीले घाइतेहरूका माग सम्बोधन गर्न सरकार सकारात्मक रहेको बताएकी थिइन् ।

प्रकाशित मिति: ५ कार्तिक २०८२, मंगलबार  १५ : ५९  बजे