प्रिमियर लिगमा ब्रेन्टफोर्डले वेस्टह्यामलाई २ गोलले हरायो

काठमाडौं, ४ कातिक ।  इंग्लिस प्रिमियर लिग फुटबलमा ब्रेन्टफोर्डले वेस्टह्यामलाई हराएको छ । गएराति भएको खेलमा ब्रेन्टफोर्डले वेस्ट ह्यामलाई २ गोलले पराजित गरेको हो ।

यो जीतसँगै ब्रेन्टफोर्ड आठ खेलमा १० अङ्कसहित तालिाको १३औं स्थानमा छ । पराजित वेस्टह्याम आठ खेलमा चार अङ्कसहित पुछारबाट दोश्रो स्थानमा छ ।

प्रिमियर लिगको शीर्ष स्थानमा आर्सनल, दोश्रोमा म्यानचेस्टर सिटी, तेश्रोमा लिभरपुल, चौथोमा बर्नमाउथ र पाँचौ स्थानमा चेल्सी रहेको छ ।

प्रकाशित मिति: ५ कार्तिक २०८२, मंगलबार  ०७ : २४  बजे