जेनजी प्रदर्शनको वस्तुस्थिति बुझ्न सेनाले बोलायो गणपतिहरू

काठमाडौँ । जेनजी प्रदर्शनपछि सेनाले गणपतिहरूलाई जङ्गी अड्डामा बोलाएर ‘सोधपुछ’ थालेको छ । गत भदौ २३ र २४ गते भएको प्रदर्शनमा ठुलो मानवीय र भौतिक क्षति भएसँगै त्यसबारे वस्तुस्थिति बुझ्न भन्दै सेनाले गणपतिहरूलाई बोलाएको हो ।

जङ्गी अड्डा स्रोतका अनुसार सिंहदरबार स्थित नरसिंह दलका गणपति प्रमुख सेनानी (लेफ्टीनेन्ट कर्णेल) गणेश खड्का, भवानीबस गण सिन्धुलीका तेजेन्द्र मगर र धनगढीस्थित सैनिक स्कुल तेघरी ब्यारेकका शिव भडेललाई बोलाएर सोधपुछ गरिएको छ ।

भविष्यमा पनि यस्ता प्रदर्शन हुनसक्ने आकलन गरेर गणपतिहरूसँग पृष्ठपोषण लिने काम भइरहेको सैनिक प्रवक्ता (सहायकरथी) राजाराम बस्नेतले बताए । सुरक्षा चुनौती सामना गर्न आवश्यक पृष्ठपोषण लिने काम भइरहेको उनले बताए ।

प्रकाशित मिति: ४ कार्तिक २०८२, सोमबार  १५ : २९  बजे