युद्धविराममा फर्कने इजरायलको वाचा

तेल अभिभ ।  इजरायली सेना (आईडीएफ)ले गाजामा युद्धविराममा फर्कने बताएको छ । आइतबार आईडीएफले हमासलाई युद्धविराम सम्झौता उल्लङ्घन गरेको आरोप लगाउँदै गाजामा हवाई हमला गरेको थियो । आतङ्ककारीहरूले रफाहमा आफ्ना सेनामाथि एन्टी–ट्याङ्क मिसाइल प्रहार हानेको अनि गोली चलाएको आईडीएफले भनेको छ । यस आक्रमणमा दुई सैनिक मारिएको बताइएको छ । इजरायली–नियन्त्रित क्षेत्रमा कुनै पनि झडप भएको जानकारी नभएको हमासले भनेको छ ।

आफू यस युद्धविराममा प्रतिबद्ध रहेको उसको भनाइ थियो । उसले उल्टै इजरायललाई सम्झौता उल्लङ्घन गरेको आरोप लगाएको छ । यी आक्रमणहरूले परिस्थितिलाई पूर्ण रूपमा बिगार्न सक्ने उनको भनाइ छ ।  आफ्नो सेनाले गाजाभर हमास बस्ने ठाउँहरूमा आक्रमण गरेको आइतबार साँझ इजरायली सेनाले भनेको थियो । यी आक्रमणमा ४४ जनाको मृत्यु भएको अस्पताल स्रोतहरूले बताए ।

प्रकाशित मिति: ४ कार्तिक २०८२, सोमबार  १० : ३२  बजे