अहिले धेरैले केपी ओलीलाई नै क्याप्टेनका रुपमा हेर्न खोजेका छन् : केपी शर्मा ओली

काठमाडौं, २ कार्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिले आफूलाई नै सबैले नेतृत्वमा हेर्न चाहिरहेको बताएका छन् । आज आयोजित सम्पादकहरूसँग अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले हिले पनि आफूलाई पार्टी नेतृत्वमै देख्न चाहानेहरू धेरै रहेका बताएका हुन् । ‘मैले नखेल्ने हो भने अर्को क्याप्टेन निस्कन्छ,’ ओलीले भने, ‘अहिले केपी ओली नै क्याप्टेनका हेर्न खोजेका छन्।’

उनले आफूसँग काम गर्ने क्षमता भएको र शारीरिक रूपमा पनि सक्षम रहेको स्पष्ट पारे । उनले भने, ‘मसँग काम गर्ने क्षमता छ, म शारिरीक रुपमा राम्रो छु। अमेरिकाको, बंगलादेशका ८५/७५ पूरा गरेर ७६ वर्षका भारतमा हुनुहुन्छ। म त ७३ को मात्र,’।

प्रकाशित मिति: ३ कार्तिक २०८२, आइतबार  १५ : ५५  बजे