काठमाडौं, १ कातिक । राष्ट्रपति रामचन्द्र पौडेलले बौद्धिक समुदायका अगुवाहरू समक्ष सरकार र राजनीतिक दलहरूलाई खबरदारी गरिदिन आग्रह गर्नुभएको छ । राष्ट्रपति भवन शीतलनिवासमा बौद्धिक समुदायका ११ जना अगुवाहरूलाई शनिबार छलफलका लागि बोलाएर उनले सरकार र राजनीतिक दलहरूलाई खबरदारी गरिदिन आग्रह गर्नुभएको हो ।
छलफलमा सहभागीहरूका अनुसार राष्ट्रपतिले दलहरूलाई आगामी २१ फागुनका लागि निर्धारण भएको निर्वाचनमा जानका लागि र सरकारलाई समयमै निर्वाचन गर्न तथा जनता र जेनजी पुस्ताको भवनाअनुसार सरकार सञ्चालन गर्न खबरदारी गरिदिन आग्रह गर्नुभएको छ । शनिबार बिहान ९ देखि साढे १० बजेसम्म चलेको छलफलमा राष्ट्रपति पौडेलमा निर्धारित समयभित्रै प्रतिनिधि सभाको निर्वाचन नभए थप संवैधानिक र राजनीतिक संकट आउने चिन्ता देखिएको सहभागिहरुले बताएका छन् । छलफलमा सहभागीहरू सबैले आ–आफ्नो धारणा राखेका थिए । संकटको घडिमा राष्ट्रपतिबाट निर्वाह भएको भूमिकाको सह्राना गर्दै आगामी दिनमा पनि संविधानको दायरामा रहेर थप प्रभावकारी भूमिका निर्वाहका लागि आफूहरूले अपेक्षा गरेको बौद्धिक समुदायका अगुवाहरूको भनाइ थियो । राष्ट्रपति पौडेलले छलफलका लागि त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा, राजनीतिक शास्त्रीहरू लोकराज बराल, कृष्ण खनालसँगै हरि शर्मा, गेजा शर्मा वाग्ले, इन्द्र अधिकारी, मुमाराम खनाल, केशव दाहाल, तुलानारायण साह, कसमस विश्वकर्मा र उद्धव प्याकुरेललाई बोलाउनुभएको थियो । आजै राष्टपति पौडेलेले चारवटै सुरक्षा निकायका प्रमुखहरूलाई छलफलका लागि शीतलनिवास बोलाएर छलफल गर्नुभएको छ । ग
बोलाएका थिए ।








प्रतिक्रिया