आगामी निर्वाचनबारे आयोगले आज दलहरूसँग छलफल गर्दै

काठमाडौं, ३० असोज ।  निर्वाचन आयोगले आज राजनीतिक दलसँग छलफल गर्दै छ ।
प्रतिनिधि सभा विघटन भएपछि आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनका विषयमा आज आयोगले बिहान साढे ११ बजे राजनीतिक दलसँग छलफल गर्न लागेको हो ।

आयोगले छलफलका लागि विघटित प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहमा प्रतिनिधित्व गर्ने २८ दललाई निमन्त्रणा गरिसकेको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

प्रकाशित मिति: ३० आश्विन २०८२, बिहिबार  ०९ : ३३  बजे