काठमाडौं, २९ असोज । जेनजी भन्दै विभिन्न सरकारी कार्यालय गएर धम्क्याउने अर्जुन शाही पक्राउ परेका छन् ।उनलाई कोटेश्वरबाट बुधबार साँझ साढे ७ बजे पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईले जानकारी दिनुभयो । विभिन्न अपराधिक मुद्दामा फरार देखिएकाले पक्राउ गरिएको भट्टराईले बताउनुभयो । उनीमाथि थप अनुसन्धान भइरहेको उहाँले जनाउनुभएको छ । अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ४ घर भएका २६ वर्षीय शाहीले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीलाई धम्क्याउँदै राजीनामा मागेका थिए । अख्तियार, नेवानीमा पनि ज्ञापन पत्रसहित राजीनामा माग्न पसेका थिए । सुशीला कार्कीको शपथको क्रममा सुधनसँगै जेनजीको सहसंयोजक बनेर शीतल निवास छिरेका थिए । इलाम २ बाट डोजर चिन्हमा उपचुनावमा उठेका उनले जम्मा ५५ भोटमात्र पाएका थिए ।
12
Shares








प्रतिक्रिया