ह्वात्तै बढ्यो सुनको भाउ, हालसम्मकै उच्च

काठमाडौं, २९ असोज । आज स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । सुनको मूल्य प्रतितोला रु. चार सयले बढेर रु दुई लाख ४८ हजार ९०० पुगेको छ ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु. ८५ ले घटेर आज तीन हजार २४० मा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो मङ्गलबार सुन प्रतितोला रु। दुई लाख ४८ हजार ५०० र चाँदी प्रतितोला रु। तीन हजार ३२५ मा किनबेच भएको थियो ।

प्रकाशित मिति: २९ आश्विन २०८२, बुधबार  १२ : ४३  बजे