राष्ट्रपतिसँग शीतल निवासमा जेनजीको वार्ता सुरु

काठमाडौं, २५ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गर्न जेनजी टोली शीतल निवास पुगेको छ । केही ढीला गरी वार्ता सुरु भएको छ ।

आज राष्ट्रपति पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रीहरूको उपस्थितिमा जेनजी प्रतिनिधिहरुसँग छलफल गर्न लागेका हुन् । प्रधानमन्त्री कार्की र जेनजी प्रतिनिधि पुगेपछि शीतल निवासमा वार्ता सुरु गरिएको हो ।

बैठकमा सुरुमा १७ जना जेनजी प्रतिनिधि सहभागी हुने तय भए पनि संख्या बढेको छ । २० भन्दा बढी जेनजी बैठकमा सहभागी भएको एक जेनजी अगुवाले बताए । वार्तामा जेनजीका मागबारेमा छलफल हुनेछ ।

प्रकाशित मिति: २५ आश्विन २०८२, शनिबार  ११ : ०९  बजे