एमालेको सचिवालय बैठक आज बस्दै

काठमाडौँ, २४ असोज ।  नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार, आजको बैठकले पार्टीको आगामी रणनीति तथा नयाँ कार्यदिशा तय गर्नेछ । साथै आगामी असोज २७ गतेदेखि २९ गतेसम्म बस्ने तय भएको केन्द्रीय समिति बैठकको एजेण्डाको तयारीबारे छलफल समेत हुनेछ । यसअघि आइतबारका लागि तय गरिएको बैठक, अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानका कारण स्थगित गरिएको थियो । यसअघि असोज १२ गते एमाले सचिवालय बैठक बसेको थियो ।

प्रकाशित मिति: २४ आश्विन २०८२, शुक्रबार  ०७ : ३२  बजे