म आफू हेपिन तयार हुन सक्छु, तर मेरो देशलाई हेप्न पाइँदैन–अध्यक्ष केपी शर्मा ओली

काठमाडौँ, २३ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू हेपिन तयार रहे पनि देशलाई कसैले हेपेको मन-नपर्ने बताउनुभएको छ।

भक्तपुरको गुण्डुमा बिहीबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो। उहाँले भन्नुभयो,-’म आफू हेपिन तयार हुन सक्छु, तर मेरो देशलाई हेप्न पाइँदैन, मेरो देश हेपेको सहँदैन।’

उहाँले अहिलेको सरकार संविधान, संसद र लोकतन्त्रमाथि आक्रमण गर्दै उल्टो बाटोमा हिंडिरहेको समेत आरोप लगाउनुभयो। यदि समयमा हामीले दृढतापूर्वक उपयुक्त कदम चाल्न सकेनौं भने पछि ढिलो भएछ भनेर पछुतो मान्नु मात्रै हुने उहाँको तर्क छ।

अब नेपाली जनता आन्दोलनको आँधीतुफान सिर्जना गरेर अगाडि बढ्नुपर्नेमाअध्यक्ष ओलीको जोड थियो ।

प्रकाशित मिति: २३ आश्विन २०८२, बिहिबार  १९ : २१  बजे