अप्रिय घटना निम्त्याउने भन्दै भोलि गर्ने भनिएको शान्तिपूर्ण प्रदर्शन स्थगित

काठमाडौं, २२ असोज ।  एनटीईके–जेड समूहले बिहीबार (असोज २३) आयोजना गर्ने भनिएको शान्तिपूर्ण प्रदर्शन स्थगित भएको जनाएको छ । समूहले बुधबार (असोज २२) विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण आन्दोलनमा विभिन्न किसिमका अराजक तत्वहरूले आन्दोलनलाई विथोल्ने र अप्रिय घटना निम्त्याउने देखिएकाले स्थगित गरिएको जनाएको हो । केन्द्रीय समिटीको बैठक बसेर गरेको छलफलमा भोलि मिति असोज २३ गतेक लागि घोषणा गरेको शान्तिपूर्ण आन्दोलनमा विभिन्न किसिमका अराजक तत्वहरूले आन्दोलनलाई विथोल्ने र अप्रिय घटना निम्त्याउने देखिएको स्थगित गर्ने निर्णय गरिएको छ,ू विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा आगामी शान्तिपूर्ण आन्दोलनको नयाँ मिति छिट्टै सार्वजनिक गरिने उल्लेख छ ।

प्रकाशित मिति: २२ आश्विन २०८२, बुधबार  २१ : २९  बजे