कपिलवस्तुमा डुबेर बालकको मृत्यु

बुटवल । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाको लवनीस्थित पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।  शुद्धोदन गाउँपालिका–३  लवनीका ९ वर्षीय बालक दुर्गेश कलवारको डुबेर मृत्यु भएको हो । उनको शव फेला परेको जिल्ला  प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी रिपेन्द्रकुमार सिंहले बालकको शव पोखरीमा फेला  परेको बताए । उनले शवलाई पोस्टमार्टमका लागि कपिलवस्तु जिल्ला अस्पताल पठाएको छ ।

स्थानीय अशोक कलवारका छोरा दुर्गेश सोही ठाउँको नेचुरल लाइफ चिल्डेन एकेडेमीको युकेजीमा अध्ययनरत  थिए । उनी मङ्गलवार दिउँसोदेखि हराइरहेका थिए।

प्रकाशित मिति: २२ आश्विन २०८२, बुधबार  १३ : २१  बजे