मस्को । रूसको कब्जामा रहेको क्रिमियाको फियोडोसिया तेल डिपोमा ठुलो आगलागी भएको छ । सो क्षेत्रमा केही बाक्लो बादल भए पनि सेटलाइट इमेजमा डिपोमा ठुलो आगलागीको झलक देखिएको बीबीसीले समाचारमा भनेको छ । आगलागी युक्रेनी ड्रोन आक्रमणका कारण भएको बताइएको छ ।
प्लेनेट ल्याबले सोमबार बिहान १२ः०० बजे (१०ः०० बीएसटी)मा खिचेको सेटलाइट तस्बिरले फियोडोसियाको भण्डारण स्थलको उत्तरी किनारमा रहेको इन्धन ट्याङ्कीहरूमाथिबाट धुवाँको ठुलो मुस्लो उठिरहेको देखाएको छ ।
दक्षिण–पश्चिममा लगभग २०० मिटर (६६० फिट) मा दुई अन्य तेल ट्याङ्कीहरू जलेको देखिएको छ । यो डिपोमा आगलागी भएको एक वर्षमा यो दोस्रो पटक हो । एक वर्षअघि पनि युक्रेनी आक्रमणका कारण डिपोमा आगलागी भएको थियो ।

                    
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                
            






प्रतिक्रिया