काठमाडौं, २० असोज । आइतबार राति ९ बजेदेखि बन्द रहेको नारायणगढ–मुग्लिन सडकखण्ड सोमबार बिहानदेखि फेरि सञ्चालनमा रहेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान ६ बजेदेखि सडक पूर्ण रूपमा सञ्चालनमा ल्याइएको हो ।
हाल सडकखण्डमा कुनै अवरोध नरहेको प्रहरीले जनाएको छ। तर, सो क्षेत्रमा पहिरोको जोखिम अझै कायम रहेकाले यात्रु र सवारी चालकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
प्रहरीले एक सूचनामार्फत भनेको छ, मिति– २०८२/०६/२० गते बिहान ६:०० बजेबाट नारायणगढ- मुग्लिन सडकखण्ड सुचारु हालसम्म कुनै अवरोध नरहेको। यस खण्डमा पहिरोको जोखिम कायमै रहेकाले कृपया सावधानी पूर्वक सुरक्षित यात्रा गर्नुहुन सम्पूर्ण यात्रुमहानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौं ।
12
Shares








प्रतिक्रिया