महोत्तरीमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु, ४० जना घाइते

काठमाडौं, १७ असोज । महोत्तरीमा बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । बिहान घारीबथानबाट खैरमारा हुँदै काठमाडौँतर्फ गुडिरहेको बस खैयरमारा स्कुल अगाडि पैदलयात्रुलाई बचाउन खोज्दा अनियन्त्रित भएर दुर्घटना भएको हो । बसले किच्दा पैदलयात्रु स्थानीयबासिन्दा चुल्हाइ चौधरीको घटनास्थलमै ज्यान गएको र बसका यात्रु सर्लाहीको इश्वरपुरका १२ वर्षीय प्रविण खडकाको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
बसमा रहेका २० जना भन्दा धेरै यात्रु घाइते भएकामा केहीको अबस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १७ आश्विन २०८२, शुक्रबार  ११ : १०  बजे