आज बडादसैँ, टीकाको उत्तम साइत ११:५३ बजे

काठमाडौं, १६ असोज । नेपालीहरूको महान चाड बडादसैँको मुख्य दिन आज ९असोज १६० मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइँदै छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार, टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको छ । त्यसअघि बिहान ९ बजेर २३ मिनेटमा देवी विसर्जन गरिने पनि जनाइएको छ ।

प्रकाशित मिति: १६ आश्विन २०८२, बिहिबार  ०७ : ५७  बजे