काठमाडौं, १५ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले असोज शुक्ल नवमीका अवसरमा राष्ट्रपति भवनमा आज नौ जना कन्याको पूजा गर्नुभएको छ । राष्ट्रपतिको सचिवालयका अनुसार नक्सालको बाल मन्दिरमा आश्रय लिएका कन्याको उहाँले पूजा गर्नुभएको हो ।
प्रत्येक वर्ष महानवमीका दिन राष्ट्रप्रमुखले नौ जना कन्याको पूजा गर्ने प्रचलन छ । त्यस अवसरमा प्रथम महिला सविता पौडेलले पनि नवदुर्गाका प्रतीक नौ जना कन्याको पूजार्चना गर्नुभएको थियो ।








प्रतिक्रिया