काठमाडौं, १४ असोज ।रोमानियाको एक होटलमा भ एको आगलागीमा परी २ नेपाली महिलाको मृत्यु भएको छ।हिजो आगलागी भएको होटल डाले हो। उक्त होटल रोमानियाको राजधानी बुखारेष्टबाट लगभग ५२ किलोमिटरमा दुरीमा पर्ने प्रहोभा सहरमा पर्छ।आगलागीमा परेर २१ र २४ वर्षका राई तथा तामाङ थरका दुई नेपाली महिलाको घटना स्थलमै मृत्यु भएको हो।मृत्यु भएका २ जना नेपाली महिलाहरू सोहि होटलमा कामदार रहेको बताइएको छ।
‘होटलको माथिल्लो तलामा सुतेको अबस्थामा २ जनाको मृत्यु भएको हो। १ जनाको अस्पतालमा उपचार भइरहेको होटल बाहिर सुतेका अर्को १ जना सकुशल रहेका छन्’ आगलागीबाट घाइते भएका व्यक्तिलाई उदृत गर्दै नेपाल पत्रकार महासंघ युरोप शाखाका सदस्य ल्हाक्पा तेन्जी लामा शेर्पाले बतानुभएको छ । अग्नि सुरक्षा सम्बन्धी अनियमितताका कारण उक्त होटल एक हप्ता अघि नै प्रशासनले बन्द गरेको बताइएको छ। रोमानियाका स्थानीय सञ्चार माध्यम र नेपाली समुदायबाट घटनाको जानकारी प्राप्त भएको र आवश्यक समन्वयका लागि पहल भइरहेको जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासले जनाएको छ।

                    
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                
            






प्रतिक्रिया