तुइनखोलामा ६ घण्टापछि खुल्यो सडक

काठमाडौं, १३ असोज ।  मुग्लिन–नारायणगढ सडकखण्डस्थित तुइनखोला नजिकै पहिरो झरी अवरुद्ध भएको सडक ६ घण्टापछि खुलेको छ।
दिउँसो १२ बजेतिर पहिरो झरेर दुईतर्फी नै अवरुद्ध भएको सडक साँझ ६ बजे खुलाइएको हो। अहिले दुईतर्फी आवागमन सुचारु भएको सडक डिभिजन कार्यालय भरतपुर चितवनले जानकारी दिएको छ।

प्रकाशित मिति: १३ आश्विन २०८२, सोमबार  २१ : ०७  बजे