सुनको मूल्य तोलामा २ लाख २३ हजार २०० पुग्यो

काठमाडौँ । साताको कारोबारको पहिलो दिन सुन तोलामा २ लाख २३ हजार २०० पुगेको छ।  जुन मूल्य हालसम्मकै उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार छापावाल सुन आइतबार प्रति १० ग्राम भने १ लाख ९१ हजार ३६० रुपैयाँ पुगेको छ । यसअघि साताको कारोबारको अन्तिम दिन शुक्रबार भने सुन तोलामा २ लाख २२ हजार ५०० रुपैयाँ कायम भएको थियो ।

यस्तै आइतबार सुनको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा २ हजार ७४० रुपैयाँ कायम भएको सुनको मूल्य आइतबार बढेर २ हजार ८१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति: १२ आश्विन २०८२, आइतबार  ११ : ४४  बजे