काठमाडौँ । चाडपर्व लक्षित सुरक्षा सचेतनाको लागि उपत्यका ट्राफिक प्रहरी कार्यालयले ‘ट्राफिक वाक’ कार्यक्रम आयोजना गरेको छ । आइतबार रानीपोखरीबाट सुरु भएको सचेतनामूलक ‘ट्राफिक वाक’ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा पुगेर समान भएको हो ।
चाडपर्व लक्षित सुरक्षा सचेतना कार्यक्रममा उपत्यका प्रहरी कार्यालयका एआईजी दान बहादुर कार्कीले चाडपर्वमा मनोरञ्जनको पर्याय मादक पदार्थ भन्ने गलत प्रवृत्ति समाजमा विकाश हुँदै गएको बताए । उनले भने, ‘मनोरञ्जनको पर्याय मापसे भन्ने गलत प्रवृत्तिले होनहार व्यक्तिहरूले ज्यान गुमाएका छन् ।’
दसैँ, तिहार लगायतका चाडपर्वमा मादक पदार्थ सेवनलाई मनोरञ्जनको पर्याय मानेर सवारीसाधन चलाउँदा दुर्घटनाको दर बढेको कार्कीले बताए । उनले भने, ‘मूल संस्कृतिबाट विचलित भएर मादक पदार्थ सेवन गरेर जथाभाबी सवारी चलाउनु हुँदैन ।’
नेपालका सडक ओभर स्पिड हाँक्न नमिल्ने खालको भएको उल्लेख गर्दै कार्कीले भने, ‘ओभरलोड बोकेर तथा ओभरस्पिड हाँकेर चाडपर्वमा दुर्घटना ननिम्त्याउँ ।’








प्रतिक्रिया