काठमाडौं, १० असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका सबै नेताको सम्पत्ति छानबिन गर्न आयोग बनाउने घोषणा गरेका छन् ।
केन्द्रीय समितिको बैठकमा आज प्रचण्डले आयोग गठन गर्ने साथै सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने घोषणा गरेका हुन् । पार्टीको केन्द्रीय समिति बैठकलाई दोस्रो दिन सम्बोधन गर्दै यस्तो घोषणा गरेका हुन् ।
उनले नेताको खानपान, लवाइ–खवाइदेखि जनमानससँगको सम्बन्धसम्म सरल र जनमुखी बनाउन के–के गर्ने भनेर लिखित सुझाव पठाउन निर्देशन पनि दिएका छन् ।








प्रतिक्रिया