काठमाडौं, १० असोज । नेकपा (माओवादी केन्द्र) कै नेताले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ६४ लाखको घडी र प्रचण्डकी छोरी गंगा दाहालको २८ लाखको झोलाबारे प्रश्न उठाएका छन् । जारी केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य तथा सार्क इन्चार्ज लक्ष्मण पन्तले प्रचण्डको ६४ लाखको रोलेक्स घडी र छोरीले बोक्ने २८ लाखको लुई भिटन ब्यागको वैधानिकता र स्रोतमाथि प्रश्न उठाएका हुन्।
‘लामो समयदेखि अध्यक्षको ६४ लाखको रोलेक्स घडी र उहाँकी छोरीको २८ लाखको लुई भिटन ब्यागको विषय सार्वजनिक भएको छ,’ पन्तको प्रस्तावमा भनिएको छ, ‘यदि मीडियामा आएको समाचार गलत हो भने तुरुन्तै सम्बन्धित मीडिया र सांसद सुनील शर्माविरुद्ध मानहानिको मुद्दा अध्यक्षका तर्फबाट दायर गरौं।’








प्रतिक्रिया