श्रीनगर एग्रीटेक इण्डष्ट्रिजको साधारण सेयर बाँडफाँट

काठमाडौँ ९ असोज। नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको निष्कासन तथा बिक्री व्यवस्थापनमा जारी गरिएको श्रीनगर एग्रीटेक इण्डष्ट्रिज लिमिटेड को साधारण सेयर बाँडफाँट सम्पन्न भएको छ।

रुपन्देही र पाल्पा जिल्लाका स्थानीय बासिन्दाका लागि निष्कासन गरिएको १ लाख ६३ हजार १२५ कित्ता साधारण सेयरका लागि कुल ३,७८६ आवेदकबाट ४ लाख ८९ हजार ७९० कित्ता आवेदन परेको थियो। तर, ९ जना आवेदकले वैदेशिक रोजगारीमा रहेका नागरिकलाई छुट्ट्याइएको कोटामा समेत आवेदन दिएको पाइएपछि उनीहरूको १,३३० कित्ता सेयर रद्द गरियो। त्यसपछि कुल ३,७७७ जना आवेदकका ४ लाख ८८ हजार ४६० कित्ता आवेदन मान्य बने।

मान्य आवेदनमध्ये प्रथम चरणमा न्यूनतम १० देखि ४० कित्तासम्म माग गर्ने ९३२ जना आवेदकलाई मागअनुसार २०,९९० कित्ता सेयर र ५० देखि ५,००० कित्तासम्म माग गर्ने २,८४५ जना आवेदकलाई समान ४० कित्ताका दरले १ लाख १३ हजार ८०० कित्ता सेयर बाँडफाँट गरियो।

दोश्रो चरणमा बाँकी २,८४५ जना आवेदकमध्ये गोला प्रणालीमार्फत २,८३८ जना छनोट गरिए। तीमध्ये २,८३३ जनालाई थप १० कित्ताका दरले २८,३३० कित्ता र अन्तिम ५ जनालाई ५ कित्ता गरी कुल २८,३३५ कित्ता सेयर बाँडफाँट गरियो।

प्रकाशित मिति: ९ आश्विन २०८२, बिहिबार  १६ : ५५  बजे