काठमाडौं, ९ असोज । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज (बिहीबार) बस्दैछ । बिहान ११ बजे प्रज्ञा भवनमा केन्द्रीय समिति बैठक सुरु हुने पार्टीका प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेस गर्ने बैठकमा प्रस्ताव र विशेष महाधिवेशनका सम्बन्धमा छलफल हुनेछ । साथै, फागुन २१ गते हुने निर्वाचन, पार्टी एकता तथा ध्रुवीकरण, राहत तथा पुनर्निर्माण, जनपरिचालन तथा जनसम्बन्ध लगायतका एजेन्डामा बैठकमा छलफल हुने पनि सापकोटाले जानकारी दिए ।








प्रतिक्रिया