काठमाडौं उपत्यका धेरैजसो नदीहरूमा बाढी

काठमाडौं, ८ असोज ।  काठमाडौं उपत्यका धेरैजसो नदीहरूमा बाढी आएको छ । आज दिउँसोदेखिको अविरल वर्षापछि उपत्यकाका धेरैजसो नदीहरूमा बाढी आएको हो । बागमती, धोबीखोला, बल्खुखोला, विष्णुमतीलगायतका नदीहरूमा बाढी आएको छ ।

वर्षा निरन्तर रहे बेलुकीसम्म जल सतह पार गर्ने भन्दै आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको आग्रह छ ।

जलवायु परिवर्तनका कारण जलचक्रीय प्रणालीमा आएको असरका कारण पछिल्ला वर्षहरूमा असोजमा अत्यधिक वर्षा हुने गरेको छ । गएको वर्षको असोज ११ र १२ गते आएको बाढीको कारण ठूलो जनधनको क्षति भएको थियो ।

प्रकाशित मिति: ८ आश्विन २०८२, बुधबार  १८ : २४  बजे