लेह । केन्द्र शासित प्रदेश लद्दाखलाई पूर्ण राज्यको दर्जा दिनुपर्ने मागसहित बुधबार लेहमा हिंसात्मक प्रदर्शन भएका छन्। प्रदर्शनका क्रममा विद्यार्थीहरूको प्रहरी र सुरक्षा बलसँग झडप भएको छ।
प्रदर्शनकारी विद्यार्थीहरूले भारतीय जनता पार्टी (भाजपा) कार्यालयमा आगजनी गरेका छन् भने प्रहरीमाथि ढुङ्गा प्रहार गरेका थिए। यस्तै, उनीहरूले केन्द्रीय रिजर्भ प्रहरी बल (सीआरपीएफ) को गाडीमा समेत आगजनी गरेका छन्। स्थिति नियन्त्रणमा लिन प्रशासनले लेह क्षेत्रमा अनुमति बिना कुनै पनि र्याली वा प्रदर्शन गर्न नपाइने गरी प्रतिबन्ध लगाएको छ।
यी विद्यार्थीहरूले सामाजिक कार्यकर्ता सोनम वाङचुकको समर्थनमा आन्दोलन चर्काएका हुन्। वाङचुक विगत १५ दिनदेखि आमरण अनशनमा बसेकी छिन्। उनका अधूरा मागहरू पुरा नहुँदा प्रदर्शनकारीहरूले बुधबार बन्दको आह्वान गरेका थिए, जसै क्रममा हिंसा भड्किएको हो।








प्रतिक्रिया