श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

दाङ । श्रीमतीको हत्या गरेको अभियोगमा दाङमा एक जना पक्राउ परेका छन् । ५७ वर्षीया लीला पुनको हत्या गरेको अभियोगमा घोराही उपमहानगरपालिका-३ रनगैरा बस्ने ५७ वर्षीय सुकराम पुनलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

सुकरामले लीलालाई कुटपिट गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गोग्लीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: ८ आश्विन २०८२, बुधबार  १२ : ०९  बजे