काठमाडौं, ८ असोज । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १४१ रूपैयाँ ७२ पैसा र बिक्रीदर १४२ रूपैयाँ ३२ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १६७ रूपैयाँ १४ पैसा र बिक्रीदर १६७ रूपैयाँ ८५ पैसा ,युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९१ रूपैयाँ ५० पैसा र बिक्रीदर १९२ रूपैयाँ ३१ पैसा , स्वीस फ्रयाङ्क एकको खरिददर १७८ रूपैयाँ ८२ पैसा र बिक्रीदर १७९ रूपैयाँ ५७ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९३ रूपैयाँ ६६ पैसा र बिक्रीदर ९४ रूपैयाँ ०५ पैसा , क्यानेडियन डलर एकको खरिददर १०२ रूपैयाँ ४९ पैसा र बिक्रीदर १०२ रूपैयाँ ९३ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११० रूपैयाँ ४३ पैसा र बिक्रीदर ११० रूपैयाँ ९० पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रूपैयाँ ५९ पैसा र बिक्रीदर नौ रूपैयाँ ६३ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ ९३ पैसा र बिक्रीदर २० रूपैयाँ ०१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ ७८ पैसा र बिक्रीदर ३७ रूपैयाँ ९४ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ ८८ पैसा र बिक्रीदर ३९ रूपैयाँ ०५ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रूपैयाँ ४५ पैसा र बिक्रीदर चार रूपैयाँ ४७ पैसा, युएई दिराम एकको खरिददर ३८ रूपैयाँ ५८ पैसा र बिक्रीदर ३८ रूपैयाँ ७५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रूपैयाँ ७५ पैसा र बिक्रीदर ३३ रूपैयाँ ९० पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रूपैयाँ १६ पैसा र बिक्रीदर १० रूपैयाँ २१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रूपैयाँ २२ पैसा र बिक्रीदर १५ रूपैयाँ २९ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रूपैयाँ ३९ पैसा र बिक्रीदर २२ रूपैयाँ ४९ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रूपैयाँ २३ पैसा र बिक्रीदर १८ रूपैयाँ ३१ पैसा, कुवेती दिनार एकको खरिददर ४६५ रूपैयाँ ११ पैसा र बिक्रीदर ४६७ रूपैयाँ ०८ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रूपैयाँ ८७ पैसा र बिक्रीदर ३७७ रूपैयाँ ४६ पैसा, ओमनी रियाल एकको खरिददर ३६८ रूपैयाँ ०८ पैसा र विक्रीदर ३६९ रूपैयाँ ६३ पैसा रहेको छ ।
भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।








प्रतिक्रिया