दशैंका लागि सिंगारिएको जनकपुरधाम

जनकपुरधाम, ७ असोज । हिन्दुहरूको महान पर्व दशैंको आगमनसँगै जनकपुरधाममा अवस्थित विभिन्न मन्दिरलाई विशेष रूपमा सिंगार्न थालिएको छ । हरेक वर्ष दशैंको समयमा देवी दुर्गाको विशेष पूजा र आराधना गरिने यी मन्दिरहरु यस पटक पनि भव्यताकासाथ सिंगार्न थालिएको हो । पर्यटकहरुलाई आकर्षित गर्न पनि मन्दिरहरुलाई विशेष तरिकाले सजावट गरिएको छ ।

प्रकाशित मिति: ७ आश्विन २०८२, मंगलबार  १० : ४५  बजे