बेनिघाटमा पहिरो खस्दा मुग्लिन–काठमाण्डौ सडक बन्द

काठमाडौं, ७ असोज ।  धादिङको बेनिघाट बाँदरेमोडमा पहिरो खस्दा मुग्लिन–काठमाण्डौ सडक बन्द भएको छ । गएराति खसेको पहिरोले सडक दुईतर्फी नै बन्द रहेको धादिङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पहिरो हटाएर बाटो खुलाउने प्रयास भैरहेको छ ।

नारायणगढ–मुग्लिन सडकमा भने नियमित रूपमा गाडी सञ्चालन भैरहेको छ । तुइनखोलामा पहिरो खस्दा शुक्रवारदेखि बन्द सडक अस्ति आइतवारदेखि एकतर्फी खुलाइएको थियो । हिजो बेलुकीदेखि भने सडक दुईतर्फी नै सञ्चालन भैरहेको मुग्लिन प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ७ आश्विन २०८२, मंगलबार  ०६ : ५९  बजे